चैत १५ को प्रदर्शनमा संलग्न १०८ जनालाई मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा १०८ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।

करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माका अनुसार फाइल शुक्रबार नै बुझिएको भए पनि समयको अभावमा आइतबार मात्र मुद्दा दर्ता गरिनेछ। उनले भने, “दर्ता अघि प्रतिवेदन अध्ययन गरी कसलाई कस्तो मुद्दा लगाउने भन्ने टुंगो लगाउनुपर्छ, प्रतिवादी संख्या धेरै भएकाले पनि समय लागिरहेको छ।”

प्रहरीले कर्तव्य ज्यान, हत्या प्रयास, राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध जस्ता गम्भीर आरोपमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । हाल ५३ जना प्रतिवादी हिरासतमा छन् भने केही अझै फरार छन्। केही व्यक्तिलाई भने हाजिरी जमानीमा राखेर अनुसन्धान गरिएको छ।

गत १५ चैतमा राजावादीहरुले गरेको हिंशात्मक प्रदर्शनबाट एक पत्रकार र एक राजावादी पक्षकै नागरिकको मृत्यु भएको थियो । सो प्रदर्शनको कमाण्ड विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । उक्त प्रदर्शन हिंसात्मक हुँदा सार्वजनिक तथा नीजि सम्पतीमाथि करोडौँको आगजनी भएको थियो । सो हिंशात्मक प्रकरणमा विभिन्न पार्टी कार्यालय र संचारगृहमाथि समेत आगजनी भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *