जेठ १५ गतेदेखि हुने जनआन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोगलाई अनुरोध

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि गर्न लागेको काठमाडौंकेन्द्रित जनआन्दोलनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिवसेना नेपाल, नागरिक बचाउ अभियान, विश्व हिन्दु महासंघ लगायतका ४४ राजनैतिक दल, समूह र अभियानले गर्न लागेको आन्दोलनको अनुगमन गर्न समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई पत्र दिएका हुन् ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शन हिंसात्मक बनेकोले जेठ १५ गतेको आन्दोलनलाई हिंसात्मक बनाउने षड्यन्त्र भइरहेको भन्दै समितिले आयोगलाई अनुगमन गरिदिन हुन सादर अनुरोध गरेको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *