जेठ १५ गते सुरक्षा योजना बनाएर प्रहरी अगाडि बढ्ने
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले यही जेठ १५ गते सुरक्षा योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।
आज (शुक्रबार) प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने बताएका हुन् । पत्रकार सम्मेलनमा एसएसपी खनालले भने जेठ १५ गते राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ । राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन नदिने समेत एसएसपी खनालले बताए ।
राजावादी समूहले यही जेठ १५ गते राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् ।