एकीकृत समाजवादीले माग्यो ८४ लाखभन्दा बढी क्षतिपूर्ति

काठमाडौं । नेपाल कम्युनिट पार्टी (एकीकृत समाजवादी) राजावादी आन्दोलनका क्रममा ८४ लाखभन्दा बढी सम्पत्ति क्षति भएको दाबी गरेको छ । पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले दिएको जाहेरी दरखास्तमा लुटिएको नगद र भौतिक क्षति गरी कुल ८४ लाख ८२ हजार ६ सय २८ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ । एकीकृत समाजवादीले कार्यालयमा रहेको नगद १९ लाख ६० हजार प्रदर्शनकारीले लुटेर लगेको दाबी गरेको छ । त्यस्तै, बहालमा लिएको घरको झ्याल ढोका एवं सबै सिसा तोडफोड र आगजानीबाट तीन लाख १४ हजार ८ सय ५० रुपैयाँ क्षति भएको बताएको छ ।

त्यस्तै, केन्द्रीय कार्यालयको ६२ लाख सात हजार ७७५ रुपैयाँ क्षति भएको सो पार्टीले दाबी गरेको छ । उक्त कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी दोषीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ तथा अनुसन्धानबाट आकर्षित अन्य प्रचलित कानून बमोजिम हदैसम्म सजाय गरी नोक्सानी भएको बिगो जम्मा रू. ८४,८२,६२८।– (चौरासी लाख बयासी हजार छ सय अठ्ठाइस) दिलाई भराई पाऊँ,” सचिव रामकुमार भट्टराईको जाहेरी दरखास्तमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *