प्रधानमन्त्री ओलीले प्रचण्डलाई लगाए कम्बोडियामा आफ्नो लगानी भएको हल्ला फिजाएको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कम्बोडियामा आफ्नो लगानी भएको हल्ला फिजाएको आरोप लगाएका छन् ।

नेकपा एमाले बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले कम्बोडियाको टेलिकममा ३२ अर्ब आफ्नो लगानी भएको हल्ला फिजाएको र माधव नेपाल र झलनाथहरु त्यसको पछाडी कुदेको आरोप लगाएका हुन् ।‘कम्बोडियाको टेलिकममा ओलीको ३२ अर्ब छ भनेर हल्ला भिजाउने प्रचण्ड हो । त्यसको पछाडी कुद्ने माधव नेपाल र झलनाथ खनाल हुन् । के त्यो साचो कुरा हो ? साचो भए ३२ अर्ब मैले टेलिकममा लगेको थाहा हुदैन थियो ? त्यसको हिसाब सबै खुलस्त हुन्छ त ।’

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका छन । निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी स्वरूप साे भेला गरिएकाे हाे ।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी छन् । भेला भोलीसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *