रास्वपाको केन्द्रीय समितिको बैठक जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी रहेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा केहिसमय अघिदेखि सुरुभएको बैठकमा सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेपछिको अवस्था बारेको छलफलमा केन्द्रित हुने बताइएको छ ।
त्यस्तै बैठकमा भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर तथा पार्टीको तेस्रो स्थापना दिवसको कार्यक्रम बारे छलफल हुने बताइएको छ ।