सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँमा अर्धनग्न प्रदर्शन गरे

काठमाडौं । सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा आज आइतबार भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । आज अर्धनग्न प्रदर्शनमा पुरुषहरू उत्रिएका छन् अघिल्लो पटक भने महिलाहरु पनि प्रदर्शनमा आएका थिए । सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरु बताउँछन् ।

उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *