सूर्यविनायक नगरपालिका ३ बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही

भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत भेटिएकी हुन्। बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महत्तोको घरमा डेरा गरी बस्ने शाही आइतबार दिउँसो पौने दुई बजे कोठाभित्र मृत भेटिएको हो। कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए।

कोठामा अरू कोही नभएको अवस्थामा मृत भेटिएको छ, उनले भने, यस घटनामा थप छानबिन भइरहेको छ। डेरामा शाहीका दम्पती बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनका श्रीमान् चित्रजंग शाही उपत्यकाबाहिर रहेको जानकारी आएको उनले बताए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *