डा. रिजालको गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक
काठमाडौं । स्त्रीरोग तथा निसन्तान विशेषज्ञ डा. भोला रिजालको अङ्गदान सम्बन्धी सन्देशमूलक गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक भएको छ । जसमा न्यूह बज्राचार्यले सङ्गीत छ भने गायक प्रवीण बेडवालले स्वर रहको छ । गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् । भिडियोमा डा. रिजाल आफै र डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङलगायतले पनि अभिनय गरेका छन् । एक कार्यक्रम गरी यो गीत सार्वजनिक गरिएको हो । डा. रिजालले मृत्यु पछि आफ्नो अंग अरुलाई दान गरे सबैभन्दा पुण्य मिल्ने बताए । उनले यो गीतले अङ्ग प्रत्यारोपणका क्षेत्रमा ठुलो सहयोग हुने बताए । गीतको भिडियो डा। रिजालले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।