भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक दोषी नभएको काग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष निकालेको छ ।

आज सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा छानबिनको दायरामा नै नरहेको अवस्थामा बाहिरबाट दोषी करार गर्न खोजिएको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिएका छन् । जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा प्रवक्ता महतले कांग्रेस संबिधानको प्रतिरक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो कब्जाको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।

उनले संबिधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संबिधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *