बजेटले अटो क्षेत्रको भावलाई पूर्णरुपमा बुझ्योः अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का करण चौधरीले बजेटले अटो क्षेत्रको भावलाई पूर्णरुपमा बुझेको बताएका छन् । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । बजेटलाई स्वागत गर्दछु । नाडाको सम्पूर्ण रुपमा भावलाई बुझिदिएकोले अर्थमन्त्रलाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष चौधरीले भने, ‘उद्योगी, उद्यमी र युवालाई प्रोत्साहन गर्ने बजेट सकारात्मक छ ।’ ईभी मात्रै नभएर ईभसँग जोडिएका व्यवसायलाई प्रोत्साहन गरेको पनि उनले बताए । भृकुटीमण्डलाई अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको रुपमा विकास गर्न खोज्नु उचित भएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *