नेता आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौँ । नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ ।

न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज सफलले शुक्रबार न्यायपरिषदमा उजुरी पेश गरेका हुन् । युवराज सफलले आलमलाई सफाइ दिने उच्च अदालत न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी पेश गरि दर्ताको लागि सनाखत समेत गरेको जानकारी दिएका छन् । उनले न्याय परिषद्ले यस विषयवस्तु उपर अनुसन्धान एवम् छानबिन गरि आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन् ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमविरुद्ध प्रमाण नपुगेको भन्दै जिल्ला अदालत रौतहटको आदेश उल्टाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *