मोदीले आइपिएलका कान्छो खेलाडी वैभव सूर्यवंशीलाई भेट
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएलका कान्छो क्रिकेटर वैभव सूर्यवंशीलाई भेट गरेका छन् ।
आज विहान विहारको पटना विमानस्थलमा भएको भेटमा वैभवले मोदीको खुट्टा छोएर आशीर्वाद लिएका थिए । यस अवसरमा वैभवका आमाबाबु पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आफैंले वैभव र उनको परिवारसँगको भेटको तस्बिर ट्वीट गरेका छन् ।
वैभवले १४ वर्ष २३ दिनको उमेरमा आईपीएलमा डेब्यू गरेका थिए, जुन आईपीएल इतिहासको सबैभन्दा कान्छो डेब्यू खेलाडी हो ।