रेशम गौतमको अध्यक्षतामा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल ग्राण्डीमा शनिबार सम्पन्न भएको केन्द्रीय अधिवेशनले रेशम गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो । केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा नेपाल टप कृष्ण भट्टराई, उपाध्यक्षमा बिक्रम उदास, अष्टबहादुर श्रेष्ठ, सानू कुमारी पाख्रिन, अरुण रानाभाट, बिनोद कुमार यादव, गोबिन्द बि।क। रहेका छन् ।

सचिवमा प्रल्हाद तिमिल्सिना, सहसचिवमा प्रगति थापा, किरण आचार्य, कोषाध्यक्षमा त्रिलोचन बिश्वकर्मा र १५ जना सदस्यहरु छन । पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी प्रमुख अतिथि र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कर्ण बिशिष्ट अतिथि बनाएर पेशागत हिमालयन लाइफको नयाँ कार्य समिति गठन गरिएको छ । संघका अन्य पदाधिकारीहरु, केन्द्रीय पदाधिकारीहरु र बिशिष्ट अतिथि कम्पनीका म्यानेजमेन्ट टिमको उपस्थितिमा सम्पन्न भएको थियो ।