कांग्रेसका सबै तहका कार्यालय प्लाष्टिकमुक्त बनाउने देउवाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका हुन् । विश्व वातावरण दिवस (जुन ५) अर्थात् २०८२ जेठ २२ गते बिहिबारको दिन देखि लागु हुने गरी कार्यालयहरु प्लाष्टिकमुक्त हुने देउवाले आइतबार घोषणा गरेका हुन् ।
पार्टीको वातावरण विभागले गरेको कार्यक्रममा सभापति देउवाले केन्द्रीय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह,सबै वडा, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरुमा प्लाष्टिकरहित क्षेत्र बनाउने बताए । देउवाले वातावरणीय प्रदुषण न्यूनिकरण गर्दै लगिने पार्टीको नीति रहेको जानकारी गराए ।