पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले “मिडिया बचाउ अभियान” अन्तर्गत तिनै तहका सरकारलाई ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले “मिडिया बचाउ अभियान” अन्तर्गत तिनै तहका सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।बैशाख २५ गते नागार्जुन नगरपालिकालाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएर सुरुवात गरेको अभियान काठमाडौं जिल्लाका दश नगरपालिका ,एक महानगरपालिकामा सात बुँदे ध्यानाकर्षण पत्र ,प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षण पत्र र केन्द्रीय सरकारलाई एघार बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो। पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्षले शाखाको दोस्रो बैठकमा पेश गरि कार्यसमितिबाट सर्वसम्मत पास भएको योजना मध्य तिनै तहका सरकारलाई काठमाडौ शाखा संग जोडने र सहकार्य गरि तिनै तहका सरकारलाई मिडिया मैत्री र मिडिया प्रति उत्तरदायी बनाउने योजना अनुरुप ध्यानाकर्षण पत्र बुझाएको शाखा अध्यक्ष शोभा अर्यालको कथन छ। खासगरी काठमाडौं काठमाडौं जिल्ला शाखा साना लगानीका स्वरोजगार मुलक पत्रपत्रिकाको केन्द्र हो।यस्ता मिडियाको ऐतिहासिक महत्त्व छ।

विभिन्न कालखण्डका राजनितीक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका रहेको छ।यस्ता मिडिया बचाउन काठमाडौं शाखाले नै पहलकदम लिनु पर्दछ र लिएको छ। काठमाडौंले मिडिया बचाउ अभियान सुरुवात गरेपछि अरु जिल्लाले पनि काठमाडौंले तय गरेका एजेन्डालाई आधार मानि जिल्ला ब्यापी रुपमा अभियान सुरु गरेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले “मिडिया बचाउ अभियान” अन्तर्गत तिनै तहका सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।बैशाख २५ गते नागार्जुन नगरपालिकालाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएर सुरुवात गरेको अभियान काठमाडौं जिल्लाका दश नगरपालिका ,एक महानगरपालिकामा सात बुँदे ध्यानाकर्षण पत्र ,प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षण पत्र र केन्द्रीय सरकारलाई एघार बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो। पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्षले शाखाको दोस्रो बैठकमा पेश गरि कार्यसमितिबाट सर्वसम्मत पास भएको योजना मध्य तिनै तहका सरकारलाई काठमाडौ शाखा संग जोडने र सहकार्य गरि तिनै तहका सरकारलाई मिडिया मैत्री र मिडिया प्रति उत्तरदायी बनाउने योजना अनुरुप ध्यानाकर्षण पत्र बुझाएको शाखा अध्यक्ष शोभा अर्यालको कथन छ। खासगरी काठमाडौं काठमाडौं जिल्ला शाखा साना लगानीका स्वरोजगार मुलक पत्रपत्रिकाको केन्द्र हो।यस्ता मिडियाको ऐतिहासिक महत्त्व छ।

विभिन्न कालखण्डका राजनितीक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका रहेको छ।यस्ता मिडिया बचाउन काठमाडौं शाखाले नै पहलकदम लिनु पर्दछ र लिएको छ। काठमाडौंले “मिडिया बचाउ अभियान” सुरुवात गरेपछि अरु जिल्लाले पनि काठमाडौंले तय गरेका एजेन्डालाई आधार मानि जिल्ला ब्यापी रुपमा अभियान सुरु गरेका छन्। के के छन पालिकामा बुझाएका ध्यानाकर्षणपत्रका बुँदाहरु १० पत्रकार महासंघ काठमाडौं शाखामा देशकै सबैभन्दा धेरै स्वरोजगारमूलक मिडिया आवद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं ।
२) मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौं ।
३) साप्ताहिक, पाक्षिक, मासिक जस्ता छापा माध्यमको ऐतिहासिक महत्त्व र ति माध्यमहरुले खेलेको भुमिका मनन् गर्दै यस्ता छापा माध्यमको संरक्षण र प्रबर्द्धनका लागि नगरपालिकाले बिशेष योजना ल्याउन आग्रह गर्दछौं ।
४) पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि तालिम, गोष्ठी, सेमिनारको लागि कम्तीमा वार्षिक १० लाख बजेटको व्यवस्था गर्न माग गर्दछौं।
५) लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौं।
६) स्थानीय तहबाट निर्माण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निर्माण गर्न माग गर्दछौं ।
७) यस नगरपालिकाका सबैखालका कार्यक्रममा पत्रकार महासंघलाई
केके छन प्रदेश सरकारलाई बुझाइएको ध्यानाकर्षणका बुँदाहरूमा
१) वागमती प्रदेशमा दर्ता रहेका पत्रपत्रिका तथा अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन प्रदान गर्न सुरुवात गरियोस् ।
२) मिडिया सम्बन्धित विधेयक तथा सम्पूर्ण सञ्चारसम्बन्धी कानुनहरू पत्रकार महासंघलगायत सरोकारवालासँग पर्याप्त परामर्श र छलफलको आधारमा निर्माण गरियोस् ।
३) महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक पत्रकारहरूको संरक्षणका लागि विशेष कार्यक्रम ल्याइयोस्।
४) वागमती प्रदेश भित्र १५ वर्षभन्दा बढी समयदेखि निरन्तर प्रकाशनमा रहेका पत्रपत्रिकाहरूलाई निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराइयोस् ।
५) पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा लैजाने ब्यबस्था गरियोस् ।
६) वागमती प्रदेश सरकारले जेष्ठ पत्रकारलाई निवृत्तीभरण दिने प्रक्रिया सुरुवात गरियोस।
७) समाचार संकलनको क्रममा पत्रकारहरू असुरक्षित हुने अवस्था बढेकाले उनीहरूको सुरक्षाका लागि ठोस व्यवस्थाहरू गरियोस् ।
८) पत्रकारहरूको सूचनामा पहुँच तथा डिजिटल दक्षता अभिवृद्धिका कार्यक्रमहरू समेत बजेटमा समावेश गरियोस् । सोशल मिडिया सामग्री निर्माताहरू (Content Creators) को क्षमता अभिवृद्धिका लागि विशेष तालिमका कार्यक्रमहरू ल्याइयोस् ।
९) नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अहिलेसम्म जग्गा तथा भवन नभएकोले शाखाको लागि उपयुक्त ठाउँमा जग्गाको व्यवस्थाको लागि पहल गरिदिनु हुन माग गर्दछौं । साथै जग्गा उपलब्ध नभए सम्म वागमती प्रदेश सरकार अन्तर्गत काठमाडौंमा रहेका भवनमा शाखाको कार्यलय रहने ब्यबस्थापन गरियोस।केके छन केन्द्र सरकारलाई बुझाइएको ध्यानाकर्षण पत्रमा
१) वर्गीकृत पत्रपत्रिकाहरूलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन बजेटमा दोब्बर वृद्धि गरियोस्।
२) सूचना विभागमा दर्ता भई सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमहरूलाई पनि लोककल्याणकारी विज्ञापनको दायरामा समावेश गरियोस्।
३) मिडिया काउन्सिल विधेयकसहित सम्पूर्ण सञ्चारसम्बन्धी कानुनहरू पत्रकार महासंघलगायत सरोकारवालासँग पर्याप्त परामर्श र छलफलको आधारमा निर्माण गरियोस्।
४) दीर्घकालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील जेष्ठ, महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक पत्रकारहरूको संरक्षणका लागि विशेष कार्यक्रम ल्याइयोस्। साथै लोककल्याणकारी सुचना प्रकाशन गरेबापत पत्रपत्रिकाले पाउने शुल्कमा विज्ञापन बोर्डले लाउने कर छुट गर्नको लागि माग गर्दछौं।
५) १५ वर्षभन्दा बढी समयदेखि निरन्तर प्रकाशनमा रहेका पत्रपत्रिकाहरूलाई निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराइयोस्।
६) पत्रकारहरूको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनुका साथै अस्पतालहरुमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्।
७) जेष्ठ पत्रकारलाई दिइने निवृत्तीभरण प्रक्रिया खुकुलो बनाई जेष्ठ पत्रकारले यो सुविधा सजिलै प्राप्त गर्ने वातावरण तयार गरियोस्।
८) समाचार संकलनको क्रममा पत्रकारहरू असुरक्षित हुने अवस्था बढेकाले उनीहरूको सुरक्षाका लागि ठोस व्यवस्थाहरू गरियोस्।
९) पत्रकारहरूको सूचनामा पहुँच तथा डिजिटल दक्षता अभिवृद्धिका कार्यक्रमहरू समेत बजेटमा समावेश गरियोस्। सोशल मिडिया सामग्री निर्माताहरू ९ऋयलतभलत ऋचभबतयचक० को क्षमता अभिवृद्धिका लागि विशेष तालिम कार्यक्रमहरू ल्याइयोस्।
१०) सञ्चार क्षेत्रको दीर्घकालीन सुधारका लागि सहकार्यात्मक संरचना र साझा पहलमार्फत नीति निर्माण गरियोस्।
११) नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अहिलेसम्म जग्गा तथा भवन नभएकोले शाखाको लागि उपयुक्त ठाउँमा जग्गाको व्यवस्थाको लागि पहल गरिदिनु हुन माग गर्दछौ। नेपाल पत्रकार महासंघको सबैभन्दा धेरै सदस्य संख्या रहेको ठूलो जिल्ला शाखा काठमाडौँ जिल्ला शाखाहो। यश शाखामा हाल करिब १,१०० पत्रकार आवद्ध छन्। स्थापना कालदेखि नै यस शाखाले साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमहरूको प्रवद्र्धन, पत्रकारको सशक्तिकरण तथा सञ्चार क्षेत्रको समग्र विकासमा अग्रणी भूमिका खेल्दै आएको छ। देशका सबै लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहँदै आएको छ। २०४६ सालको जआन्दोलन होस् या २०६२÷०६३ को जनआन्दोलन नै किन नहोस्, सञ्चारकर्मीहरूले प्रजातन्त्र, गणतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भीक भूमिकाका साथ सक्रिय सहभागिता जनाएका थिए। तर, विडम्बनापूर्ण कुरा यो छ कि आज त्यही मूल्यका लागि लड्ने पत्रकार र सञ्चारमाध्यमहरू जीविकोपार्जनकै संकटमा छन्। विगत केही वर्षयता साना तथा स्वरोजगारमूलक साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिकाहरू क्रमशः बन्द हुने अवस्थामा पुगेका छन्। सञ्चालनमा रहेका थुप्रै सञ्चारमाध्यमहरू पनि निरन्तर संकटमा छन्। यस्तो अवस्थामा संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारको सकारात्मक हस्तक्षेप आवश्यक देखिन्छ। काठमाडौं जिल्ला शाखाले अभियानको सार्थकता पाओस् ।