भोलिदेखि संसद् चल्छ : प्रधानमन्त्रीका सल्लाहकार खरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का नेताहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत् रहेको बताएका छन् । प्रतिपक्षीको अडानका बीच सत्तापक्षले भने भोलि मंगलबारबाट संसद् खुल्ने विश्वास गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले भने मंगलबारदेखि संसद् चल्ने विश्वास व्यक्त गरे । तीन दलका शीर्ष नेताहरूको छलफलपछि उनले सञ्चारकर्मीसँग भने, भोलिदेखि के आशामा छौँ भने संसद् अघि जान्छ । र कम्तीमा माओवादीका साथीले त्यो विचार गर्नुहुन्छ । अरूलाई पनि विचार गर्न उत्प्रेरित गर्नुहुन्छ । हाम्रो विचारमा भोलिदेखि संसद् चल्छ । उनले संसद् अवरोध हटाउनका लागि माओवादीलाई आग्रह गरिएको र अरू दलसँग छलफल गर्ने बताएको जानकारी दिए ।