काठमाडौंका नगरप्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेको महानगर स्रोत बताउँछ । उहाँ (राजु पाण्डे)लाई प्रमुख प्रशासकीय अधिकृतज्यूले निलम्बन गर्नुभएको हो ।

उहाँले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो आएन भन्ने छ, स्रोत भन्छ । अब पाण्डेलाई जिम्मेवारीबाटै हटाउन प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *