माधव कुमार नेपालद्धारा डब्बुको माया हो माया गीत सार्वजनिक

बिगत लामो समयदेखि गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीले यतीबेला आफ्नो आफ्नो रचनामा अर्को नयाँ आधुनिक गीत माया हो माया…सार्वजनिक गरेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले काठमाडौँमा एक समारोहबिच यो गीतलाई सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री नेपाललाई गीतकार क्षत्रीको यो गीत निकै माधुर्य रहेको बताए । भिडियो पनि आफुलाई मनपरेको भन्दै उनले गीतको सफलतको शुभकामना व्यक्त गरे । यो गीतको भिडियोलाई आइतबार बेलुका ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीत गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको छ । यो रोमाञ्चक भावको गीत माधुर्य बनेको छ ।

गीतमा दीपक शर्माले संगीत सृजना गरेका हुन् । काठमाडौँको पुतलीसडक स्थित आर्टोम्युजि रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको यो गीतलाई जुगल डंगोलले संगीत संयोजन गरेका हुन् । यो गीतको भिडियोको निर्देशन डब्बु क्षत्रीले नै गरेका हुन् । भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका एवम् मोडल सरिता भारतीले अभिनय गरेका छन् । भिडियोमा यी दुइको अभिनय राम्रो छ । काठमाडौँबाट पाँच दिनको यात्रा गरेर गीतको भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको हो । कर्णालीको सुन्दरतालाई प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए । भिडियोबारे उनले भने,‘यो माधुर्य गीत बनेका कारण गीत सुन्दै भिडियो हेर्दा दर्शकलाई आनन्द मिलोस भनेर हामीले कर्णालीका अत्यन्त सुन्दर स्थलमा पुगेर त्यहाँ छायांकन गरेका हौँ । गीत रिलिज भएपछि भिडियोमा समेटिएको सुन्दताले निकै प्रशंसा पाईरहेको छ ।’ जसमा दिब्यराज सुवेदीको छायांकन, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ । यो गीतको भिडियोलाई सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *