लामिछानेसँगको कुरालाई गाँसेर आवेग प्रकट भयो- महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रमेश लेखकमाथि विषयमा उजुरी पनि नपरेको र छानबिन नभएको अवस्थामा राजीनामा दिने अवस्था नरहेको बताएका छन् ।
संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले रवि लामिछानेसँग जोडेर रमेश लेखकको राजीनामा माग्न नमिल्ने बताउदै लेखकमाथि छानबिन शुरु भए मात्र राजीनामाको विषय आउने बताएका हुन् । महामन्त्री शर्माले रवि लामिछानेको हकमा उजुरी परेर सिआईबीले छानबिन गरिरहेको अवस्था रहेको बताए ।
उनले हाल विमानस्थलमा कार्यरत कर्मचारीमाथि मात्र छानबिन भइरहेकोले गृहमन्त्रीले सो विषयमा राजीनामा दिनुपर्ने विषय नमिलेको स्पष्ट पारे ।