रोयल च्यालेन्जर्स बैंगलुरुलाई आइपिएलको उपाधि, जितपछि के भने विराटले ?

काठमाडौँ । आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ ।

रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो । रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि जितेको छ । रोयल च्यालेन्जर्सले दिएको १९१ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो । पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ६१ रन बनाए भने जोश इंगलिसले ३९, प्रभसिमरन सिंहले २६ प्रियंस आर्याले २४ रन बनाएका थिए ।

त्यस्तै रोयल च्यालेन्जर्सका बलरभुवनेश्वर कुमार र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ४३ रन बनाए भने कप्तान रजत पाटीदारले २६, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाएका थिए । त्यस्तै अर्शदीप सिंह र काइल जामिएसनले ३-३ विकेट लिएका थिए ।

रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेलेको थियो । यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेलेको थियो ।

आइपिएल जितेपछि के भने विराटले ?

विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएलको उपाधि जितेपछि आफ्ना फ्यानहरूलाई सन्देश दिएका छन्। उनले फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो १८ बर्षको सपना पुरा भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्- ‘यस टोलीले यो सपना साकार पार्‍यो, एउटा सिजन जुन म कहिल्यै बिर्सने छैन । ‘विराटले यो जित आफुहरुको १८ बर्षको कठिन यात्रामा साथ नछोडेक फ्यानहरुप्रति समर्पित गरेका छन् । उनले लेखेका छन्- ‘यो जित ती सबै आरसीबी फ्यानहरूको लागि हो जसले हामीलाई सबैभन्दा कठिन समयमा पनि छोडेनन् । यो जित ती सबै वर्षहरूको निराशा र टुटेको हृदयको लागि हो..’

विराटले आईपीएल जितेपछि यो ट्रफीको लागि १८ वर्षको लामो प्रतीक्षा लायक भएको बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *