आज युइएफए नेशन्स लिगको फाइनलमा स्पेन र पोर्चुगलको प्रतिस्पर्धा

काठमाडौँ । युरोपियन फुटबलका दुई टोली स्पेन र पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।

जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा नेपाली समयअनुसार राति १२स् ४५ बजे हुने यो खेलमा विजेता टोलीले दोस्रोपटक नेशन्स लिगको उपाधि जित्ने छ । सन् २०१९ मा पहिलो संस्करण जितेको पोर्चुगल र साबिक विजेता स्पेन दुवै दोस्रो उपाधिका लागि भिड्दै छन् । यसअघि फ्रान्सले पनि यो उपाधि जितेको छ ।

सन् २०१० को विश्वकपयता यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रहेको छ । पछिल्ला ८ खेलमा स्पेनले २, पोर्चुगलले १ जित हासिल गरेको छ भने बाँकी खेल बराबरीमा टुंगिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *