प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन

काठमाडौँ । प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसकेपछि सभामुख घिमिरे असन्तुष्ट बनेका छन् ।

पटक-पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुखले असन्तुष्टि व्यक्त गरेका हुन् । भिजिट भिसा सेटिङ प्रकरणका कारण हाल प्रतिनिधिसभाको बैठक नियमित रुपमा अवरुद्ध हुँदै आएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको आजको छलफलमा पनि दलहरुसँग सहमति नजुटेको हो ।

संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । आज भएको छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *