राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

काठमाडौँ । नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबालीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।

कार्यकाल सकेर स्वदेश फर्कनुअघि राजदूत एलगेबालीले राष्ट्रपति पौडेलसँग आइतबार शिष्टाचार बिदाइ भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेल र राजदूत एलगेबालीबीच नेपाल र गणतन्त्र इजिप्टबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत एलगेबालीलाई धन्यवाद व्यक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *