‘जदौ’मा साम्राज्ञी र मुकुन

काठमाडौ । फिल्म ‘जदौ’मा शीर्ष कलाकारमा साम्राज्ञी शाह र मुकुन भुसालले यो फिल्म साइन् गरेका छन् । फिल्ममा यी दुई कलाकारले जोडी बाँध्ने जनाइएको छ । फिल्मले यति छिटो विकासक्रम लिइरहँदा पनि अहिलेसम्म निर्देशक तय छैनन् । काजी लिम्बुको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने खुलाइएको छैन । निर्देशक बिना फिल्मको प्रक्रिया बढाउने खबर विरलै मात्र सुनिएको छ । भदौबाट सुटिङ थालिने ‘जदौ’को प्रमुख अभिनेत्रीमा केही दिन अघि साम्राज्ञी अनुबन्धित भैसकेकी छन् । अन्य कलाकार प्राविधिकबारे टुंगो लगाउन बाँकी रहेको जनाइएको छ । भुसालसँगै सन्ध्या श्रेष्ठलाई पनि सहायक भूमिकामा अनुबन्धित गरिएको छ । सिल्भर स्क्रिन र समिश्रण मूभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ छन । श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत अनि बुद्धी माझीको निर्माण ब्यबस्थापन हुनेछ । रहने छ । फिल्मको प्रदर्शन यसैवर्ष हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *