पोखरामा एक युवकको श*व रग*ताम्य अवस्थामा फेला

काठमाडौं । पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव रगताम्य अवस्थामा फेला परेको छ।

घटनास्थलको दृश्य र वरपर भेटिएको प्रमाणका आधारमा प्रहरीले यसलाई ‘हत्या’ भएको प्रारम्भिक अनुमान गरेको छ।सडकको बीचमा अनुहारमा चोट र रगत देखिने गरी लडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा शव नजिकै एउटा हथौडा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार, बिहान ५ बजे एक नागरिकले सडकमा शव देखेको खबर गरेपछि टोली खटिएको थियो। घटनास्थलको अवस्था र वरपरको सूचनाका आधारमा घटना राति ४ देखि ५ बजेको बीचमा भएको अनुमान गरिएको छ।

घटनास्थलमा स्थानीयहरू परिचित नभएको र कोही प्रत्यक्षदर्शी नदेखिएको कारण अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। हत्या हुनसक्ने स्पष्ट संकेत भए पनि घटनाको प्रकृति रहस्यमय भएको र अनुसन्धानका लागि तालिमप्राप्त कुकुर प्रयोग गरी सुराकी संकलन सुरु गरिएको डिएसपी बस्नेतले बताए।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण र हत्यामा संलग्न व्यक्तिको पहिचानमा सहयोग पुग्ने प्रहरीको अपेक्षा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *