प्रभु महालक्ष्मी लाइफको ८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८औं वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सभा जेठ २६ गते, सोमबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक प्रतिवेदन पारित गरेको छ।
साथै, उक्त वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। बोनस सेयर वितरणपछि बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको सीमा कम्पनीले पुरा गर्ने जनाएको छ। सभाले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत स्वीकृत गरेको छ।