अनेरास्ववियुमा नेतृत्व छान्न भोलि निर्वाचन हुने

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा नेतृत्व छान्न भोलि निर्वाचन हुने भएको छ ।

सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा.सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि चुनाव हुने भएको हो ।

पार्टी शीर्ष तहले नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामी पक्षले चुनावको माग गर्दै नाराबाजीमा उत्रिए । निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *