आईएमई हस्पिटालिटीका होटलमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । एससीटी–यूपीआई कार्डका ग्राहकले आईएमई हस्पिटालिटीका होटलहरूमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकलाई ग्रुप अन्तर्गतका होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ । सम्झौता अनुसार १ जुनदेखि ३१ डिसेम्बर २०२५ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एन्ड फेंग तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरे फुड एन्ड बेभेरेज बिल तथा कोठा महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । कोठा महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *