आज नेप्से २५ अंकले बढ्यो
काठमाडौँ । नेप्से परिसूचकमा आज पनि दोहोरो अंकले बढेको छ ।
आज नेप्से २५.०७ अंकले बढेर २६७८. १७ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर १० अर्ब १६ करोड ९ लाख ८१ हजार ७६ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज पियोर पावर र श्री इन्भेस्टमेन्टको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको शेयर मुल्य ८. ३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.१४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार हाइड्रोइलेक्सिटी इन्भेस्टमेन्टको शेयर ५८ करोड ४९ लाख ५३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।