गायिका रचना रिमाल अस्पताल भर्ना

काठमाडौँ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल ल्याईएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएकोमा नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याईएको हो।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो। उनी अहिले काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *