नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् ।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ । छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए । उपसभापति खड्काले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताए । संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने उनले बताएका छन् ।

उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *