मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन् ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम बढेपछि उनी शिक्षण अस्पतालको आइसियुमा भर्ना भउका थिए । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन स्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो ।

वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव तथा संयोजक हुन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *