वेस्टइन्डिजका ब्याट्सम्यान निकोलस पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

पुरनले अन्तर्राष्ट्रिय क्रिकेटलाई सन्यास लिएको वेस्ट इन्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ । पूरनले वेस्टइन्डिजका लागि सबैभन्दा बढी १०६ टी-२० खेल खेलेका छन् । पुरनले फ्रेन्चाईजी क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्न राष्ट्रिय टिमबाट सन्यास लिएको बताइएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले पूरनका उपलब्धिहरूको सम्मान गर्दै उनको योगदानका लागि धन्यवाद दिएको छ ।

पुरन आइपिएल टिम लखनउ सुपर जाइन्टसहित मेजर लिग क्रिकेट एमएलसीमा एमआई न्यूयोर्क, सिपिएलमा ट्रीनिडाड एण्ड टोबागो जस्ता फ्रेन्चाईजीबाट खेलिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *