पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । प्रहरीको साइबर ब्युरो भोटाहिटीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च अधिकारीले जानकारी दिए । उनीविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिल्टनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *