सिटिजन्स बैंकद्वारा जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण, पोखरामा बृहत बृक्षारोपण
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका–६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बेनी शाखाद्वारा करिब ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालय वडाध्यक्ष कृष्णसिंह बानियाँलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै, विश्व वातावरण दिवस २०२५ को अवसर पारेर बैंकले गण्डकी प्रदेशमा बृहत बृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेका छन् । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसात गर्दै बैंकले वातावरण संरक्षणमा प्रतिवद्धता जनाएको हो । जेठ २७ गते मंगलबार, पोखराको हेखाखर्कस्थित वन विज्ञान अध्ययन संस्थान क्याम्पस परिसरमा आयोजित कार्यक्रममा १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
कार्यक्रम पोखरा महानगरपालिका वडा नं १५ मा सम्पन्न गरिएको हो । बैंकले यस अभियानमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ । सिटिजन्स बैंकले देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वाधार निर्माणदेखि हरियाली प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएको छ । बेनी र पोखरामा सम्पन्न यी कार्यहरू पनि त्यही सन्दर्भमा गरिएको जनाइएको छ ।