एमसीसी परियोजना फेरि अघि बढ्ने सङ्केत
काठमाडौं । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । योसँगै अमेरीका सरकारले स्थगित गर्ने निर्णय गरेको परियोजना फेरि अघि बढ्ने संकेत देखिएको हो ।
एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ ।
यद्यपि, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठूलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।