काठमाडौं महानगरपालिकाले कार्यपालिका र नगरसभा बैठक बोलाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी गरेको छ ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भएको भेटवार्तापछि कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी भएको हो । बुधबार मेयर बालेन र उपमेयर डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षबीच भेटवार्ता भएको थियो । उक्त बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । एक जनप्रतिनिधिका अनुसार जनप्रतिनिधिहरुको मात्रै बैठक भएका कारण उनलाई नबोलाइएको हो । मेयर बालेन इच्छुक नभएपछि उनलाई नबोलाइएको समेत बताइएको छ ।

भेटवार्ता नगरसभा र कार्यपालिकाकेन्द्रित भएको भन्दै ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढ्ने बताइएको छ । आन्तरिक विवादका कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *