दुर्गा प्रसाईँ लगायतको मुद्धामा आजै फैसला आउन सक्ने
काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंलगायत ३९ जनाको थुनछेक बहसको आज अन्तिम दिन हो ।
आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदैछन् । प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसमा उठाएको विषयहरूमा काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् । मेडिकल व्यवसायिक प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
आजै फैसला आउन सक्ने बताइएको छ । सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउने छ ।