बालेन विरुद्द अख्तियारमा युवराज सफलले दिए उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अधिवक्ता युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । “काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,” उजुरीमा भनिएको छ ।

उजुरीमा महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ । उक्त लिफ्ट महानगरको मुख्य कार्यालय परिसरमा केही महिना अगाडि मात्र जडान गरिएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *