सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा विशेष छुट
काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रा. लि.बीच बैंकका ग्राहकलाई लक्षित गर्दै विशेष छुट सुविधा दिने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकहरुले Whirlpool तथा KitchenAid ब्रान्डका उत्पादनहरूमा विशेष छुट प्राप्त गर्ने अवसर पाउने भएका छन्। सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौंको उत्तरढोका स्थित लोमस डिजिटलमा गएर सिद्धार्थ बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत तथा मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा विशेष छुट सुविधा लिन सक्ने छन्।
सिद्धार्थ बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न र ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस किसिमको सहकार्य अघि सारेको जनाएको छ। बैंकले यस पहलले ग्राहकलाई नगद कारोबारभन्दा डिजिटल माध्यमतर्फ आकर्षित गराउने र आधुनिक वित्तीय प्रणालीको प्रयोगमा प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।