मोदीले भेटे विमान दुर्घटनामा बचेका यात्रु विश्वासलाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयर इन्डियाको अहमदाबादमा भएको विमान दुर्घटनामा बचेका एक भारतीय मुलका बेलायती यात्रु विश्वास कुमार रमेशसँग भेट गरेका छन् ।

शुक्रबार अहमदावादस्थित सिभिल अस्पताल पुगेर मोदीले रमेशलाई भेट गरेका हुन् । रमेश २४२ यात्रु सवार बोइङ ७८७-८ उडानमा बचेका एक मात्र यात्रु हुन् । एयर इन्डियाले विमानमा यात्रा गरेका २४२ जना मध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो ।  जसमा १२ जना विमानका चालक दलका सदस्य रहेका थिए ।  मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ । 

सिभिल अस्पतालमा उपचारत विश्वासले उडान भरेको ३० सेकेन्ड पछि, ठूलो आवाज सुनेको र  आफु होशमा आउदै वरिपरी लाश मात्र देखेको बताएका छन् । उनले भनेका छन्- ‘जब म होशमा आएँ, मेरो वरिपरि लाशहरू छरिएका थिए । म धेरै डराएँ । म उठे र दौडन थाले । मेरो वरिपरि विमानको भग्नावशेष छरिएको थियो । कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो ।’  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *