रास्वपा आफ्नै किसिमले जान्छ- प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै किसिमले अगाडी बढ्ने बताएका छन् ।
कांग्रेस-एमालेसँग भएको सहमति बारे जानकारी दिदै प्रचण्डले रास्वपा आफ्नै किसिमले अगाडी बढ्ने, तर आफुहरुले उनीहरुको अडानमा विमति नराख्ने बताएका हुन् । प्रचण्डले भने- ‘अब हाउस खुल्छ । रास्वपासँग मुलभूत विषयमा केहि फरक छैन, तर उहाँहरुका केहि अडानका कारणले सायद केहि समय आफ्नै किसिमले जानुहुन्छ, हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप हुदैन ।’
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा अवरुद्ध रहेको संसद खोल्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।