नाराबाजीकाबिच संसद्मा बजेटमाथि छलफल

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी भएको छ।

आइतबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै बजेटमाथिको छलफल शुरु भएको हो । सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल आज र भोलि हुने समय तोकेको जानकारी गराएका छन् । यस अघि जेठ २०, २१, २२ र २३ गतेका लागि बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो । भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि सो छलफल हुन सकेको थिएन ।

रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउदै बजेटमाथिको छलफल शुरु गराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *