प्रतिनिधिसभा बैठक सुरु, रास्वपाको विरोध कायमै
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरूले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन । तर बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाले अवरोध गरेका छन् ।
सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।