प्रतिनिधि सभाको बैठक अघि रास्वपा छलफलमा
काठमाडौँ । प्रतिनिधि सभाको बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) छलफलमा जुटेको छ ।
सभामुखको सचिवालयका अनुसार रास्वपाले केहि बेर पार्टी भित्र छलफल गर्ने भनेपछि ११ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । यसअघि सभामुख देवराज घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबीच छलफल भएको थियो । छलफलमा सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरेका थिए ।
सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।