राप्रपाद्वारा संसद् बहिष्कार, सभामुखले दादागिरी देखाएको आरोप
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अवरोध गरिरहेको बेला संसद बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ ।
आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको राप्रपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने माग पुनः दोहोराएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुंगोमा नपुर्याइ संसद सुचारू गरेको भन्दै आपत्ति जनाएका छन। ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन,” उनले भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।”
यसैबिचमा राप्रपाले संसद् बहिष्कार गरेको छ । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । प्रतिनिधिसभामा अहिले बजेटमाथिको छलफल चलिरहेको छ ।