नेप्से परिसूचकमा आज सामान्य वृद्धि

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ ।

आज नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज पियोर पावरको सेयर मुल्यमा सकारत्मक सर्किट लागेको छ भने पिपुल्स पावरको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य ८.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर मुल्य ७.५८ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ९५ करोड १६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *