प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
आज सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो ।
भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्मा अवरोध हुँदै आएको छ ।