प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडीआरटी २०२६ का लागि छनोट

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनोट भएका छन्। यो उपाधि उहाँले पाँचौँ पटक लगातार हासिल गरेका हुन् ,भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो MDRT 2026 का लागि योग्य बनेका छन् । आर्यन खानले गत वर्ष २०२५ मा विश्वप्रसिद्ध MDRT संस्थाको माथिल्लो तह COT (Court of the Table) सम्म योग्य भैसकेका छन् । MDRT विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उहाँलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *